Skip to content

कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

कक्षा ११ काे सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाअन्तर्गत अध्ययन अध्यापन गरिने पाठहरूलाई एघार ओटा एकाइहरूमा विभाजित गरिएको छ ।

पहिलो एकाइमा यस विषयको उद्देश्य महत्त्व बुझाइएको छ । यसबाट सामाजिक अध्ययन र अन्य विषयको अन्तरसम्बन्ध बुझ्न तथा जीवनोपयोगी सिपको अवधारणा थाहा पाउन सकिन्छ ।

दोस्रो एकाइ डिजिटल साक्षरतासँग सम्बन्धित रहेको छ । यस एकाइमा डिजिटल साक्षरताअन्तर्गत कम्प्युटरको प्रयोग, MS Word, document printing, internet सम्बन्धी पाठहरू छन् । यीबाहेक यस एकाइले सामाजिक सञ्जाल र यसमा अपनाउनुपर्ने सावधानीबारे पनि जानकारी दिएको छ । साथै यस एकाइमा अनलाइन भुक्तानी गर्न, इमेल account खोल्न र इमेल पठाउन र check गर्न पनि सिकाइएको छ ।

तेस्रो एकाइ जीवनोपयोगी सिपमा आधारित छ । यस एकाइ निर्णय प्रक्रिया, समस्या समाधानतनाव व्यवस्थापनका बारेमा रहेको छ । साथै, यसले प्रभावकारी सञ्चारअन्तरवैयक्तिक सिपहरू पनि सिकाएको छ ।

एकाइ चारमा मानवशास्त्रका विभिन्न विषयवस्तु छन् । मानव जातिको उत्पत्ति र विकास, मानव समाजको विकासक्रम तथा विभिन्न युगमा मानवजातिले आर्जन गरेका उपलब्धिहरूबारे यस एकाइमा चर्चा भएको छ । प्राचीन समयदेखि अहिलेको समयसम्म आइपुग्दा मानव समाजमा देखापरेका भिन्नता विविधताबारे यसले ज्ञान दिने छ ।

नेपालको भूगोल विश्व परिवेशका बारेमा एकाइ पाँचमा बुझाइएको छ। यस एकाइमा विश्वका भौगोलिक विविधता र जनजीवनका साथै नेपालका पर्यावरणीय क्षेत्रहरूका बारेमा समेत जानकारी दिएको छ । 

एकाइ छमा इतिहास लेखनको विकासका बारेमा जानकारी दिइएको छ । यस एकाइमा मध्यकालीन एसियाको आर्थिक अवस्थाबारे थाहा पाउने छौँ । यसका साथै बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिलोकतन्त्रको विकासका बारेमा पनि जानकारी मिल्ने छ ।

एकाइ सातमा नेपालमा भएको जातीय विविधता र एकताका बारेमा चर्चा भएको छ । यस एकाइमा भएका पाठहरूको अध्ययनपछि सामाजिक सद्भाव, समतामूलक र समावेशी समाज निर्माणमा थप प्रेरणा मिल्ने छ । 

नेपालमा संविधानको इतिहास वर्तमान संविधानका बारेमा जानकारी दिने काम एकाइ आठले गर्दछ । यस एकाइको अध्ययनपछि नेपालको संविधानका विशेषताहरू बुझ्न र नेपालको निर्वाचन प्रणालीका बारेमा जानकारी पाउन सकिने छ । यस एकाइमा राष्ट्र, राष्ट्रियता राष्ट्रिय सुरक्षाका बारेमा समेत जानकारी दिएको छ ।

एकाइ नौमा मानव बस्तीको परिचय, प्रकारविकासका बारेमा जानकारी दिइएको छ । यसका साथै जनसङ्ख्या र विकासका बारेमा पनि यस एकाइले विभिन्न जानकारी दिएको छ ।

नेपालको अर्थतन्त्र र यसका आधारहरूका बारेमा एकाइ दशमा चर्चा गरिएको छ । सार्वजनिक, निजी सहकारीका साथै विप्रेषण (remittance) का बारेमा पनि यसै एकाइमा पढाइ हुने छ । यस एकाइमा कारोबारका किसिमहरू सरकारी वित्तका बारेमा पनि जानकारी प्राप्त हुन्छ ।

एकाइ एघारमा नेपालको स्वास्थ्य अवस्थाका बारेमा पठनपाठन भएको छ । यस एकाइले स्वस्थ जीवनशैली विकास गर्न, मितव्ययी हुन तथा योग ध्यान गर्नका लागि समेत अभिप्रेरित गर्ने छ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइहरू

  • पाठ १ – सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
  • पाठ २ – जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिप
  • पाठ ३ – जीवनोपयोगी सिप
  • पाठ ४ – मानव समाजको उद्भव र विकास
  • पाठ ५ – भूगोल र सामाजिक जीवन
  • पाठ ६ – विश्वको इतिहास
  • पाठ ७ – सामाजिक पहिचान, विविधता र वर्ग विभाजन
  • पाठ ८ – संविधान र नागरिक सचेतना
  • पाठ ९ – बस्ती, जनसङ्ख्या र विकास
  • पाठ १० – अर्थतन्त्र र विकास
  • पाठ ११ – स्वास्थ्य सेवा र सामाजिक विकास

परीक्षाका दृष्टिले केहि महत्त्वपूर्ण पाठ :

  • सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अर्थ, स्वरूप र महत्त्व
  • डिजिटल साक्षरता
  • समस्या समाधान
  • सञ्चार
  • कृषि युगको सुरुआत र विकास
  • लोकतन्त्र
  • नेपालको निर्वाचन प्रणाली
  • जनसङ्ख्या व्यवस्थापन
  • नेपालको अर्थतन्त्रको आधारहरू
  • योग तथा ध्यानको महत्त्व र अभ्यास

Get your mySecondTeacher app and begin your journey to excellence!

Download the mySecondTeacher app today.