Skip to content

कक्षा ११ अनिवार्य नेपाली

कक्षा ११ को अनिवार्य नेपाली विषयको पाठ्यक्रमअनुसार सुनाइ, बोलाइ, पढाइ तथा लेखाइका सिप विकास हुने गरी साहित्यका कविता, कथा, निबन्ध, जीवनी, चिठी, नाटक, रिपोर्ताज, संवाद, दैनिकी र वक्तृताका साथै शब्दभण्डार, व्याकरण, बोध तथा अभिव्यक्तिसम्बन्धी छलफल तथा विश्लेषण गरी शिक्षक र विद्यार्थीबिचको अन्तरक्रियात्मक भिडियो बनाइएको छ । भिडियोका माध्यमबाट विषयवस्तुलाई सरल, प्रभावकारी र रोचक तरिकाले  बुझाइएको छ । 

पाठका गाह्रा शब्दका अर्थ, वाक्यमा प्रयोग, पर्यायवाची तथा विपरीतार्थक शब्द, शब्दनिर्माण एवम् शब्दस्रोत जस्ता कुरा शब्दभण्डारअन्तर्गत छलफल गरिएको छ । उखानटुक्का तथा पारिभाषिक/ प्राविधिक शब्दको अर्थ र प्रयोगबारे शब्दभण्डारकै शैलीमा छलफल गरिएको छ । त्यस्तै शब्दभण्डार बढाउन सजिलो होस् भनी शब्दकोशको प्रयोग गर्न सिकाइएको छ । 

साहित्यअन्तर्गत वासुदेव त्रिपाठीको ‘वीर पुर्खा’ (कविता), इस्मालीको ‘गाउँको माया’ (कथा), सुधा त्रिपाठीको ‘संस्कृतिको नयाँ यात्रा’ (निबन्ध), ‘योगमाया’ (जीवनी) ‘साथीलाई चिठी’ (पत्र), भवानी भिक्षुको ‘त्यो फेरि फर्कला ?’ (कथा), ‘पर्यापर्यटनका सम्भावना र आयाम’ (निबन्ध), सुरेन्द्र नकर्मीको ‘लौ आयो ताजा खबर’ (नाटक), ‘सफलताको कथा’ (रिपोर्ताज), ‘कृषिशालामा एक दिन’ (संवाद), ‘रारा भ्रमण’ (दैनिकी) तथा ‘जलस्रोत र ऊर्जा’ (वक्तृता) पाठको आवश्यक छलफल तथा विश्लेषण निकै सरल र प्रभावकारी ढङ्‍गले गरिएको छ ।

व्याकरणअन्तर्गत वर्ण र वर्णका प्रकार छुट्याउन, पदवर्ग पहिचान गर्न तथा वर्णविन्यासगत त्रुटि पहिचान गरी शुद्ध पार्न सिकाइएको छ । उपसर्ग, प्रत्यय, समास, द्वित्व तथा सन्धि प्रक्रियाबाट शब्दनिर्माण गर्न तथा कथन, ध्रुवीयता, लिङ्ग, वचन, पुरुष र आदर आदिका आधारमा वाक्य परिवर्तन गर्न सिकाइएको छ । त्यस्तै उद्देश्य र विधेय पहिचान गर्न पनि सिकाइएको छ । 


बोध र अभिव्यक्ति अन्तर्गत बोध, बुँदाटिपोट, सारांश, प्रतिवेदन, टिप्पणी, विवेचनात्मक उत्तर लेखनको सिप सिकाइएको छ । चिठीका विभिन्न प्रकार, निमन्त्रणापत्र, बधाई, शुभकामना, सम्मानपत्र, समवेदना, श्रद्धाञ्जली, सूचना, विज्ञापन पनि कसरी लेख्ने भन्नेबारे छलफल गरिएको छ । त्यस्तै सिर्जना र परियोजनामा  कविता, कथा, निबन्ध, संवाद, दैनिकी, वक्तृता लेख्न सिकाइएको छ । आन्तरिक मूल्याङ्कनको परिचयसहित परियोजना कार्य, सुनाइ, बोलाइ, लेखाइ र पढाइका विभिन्न अभ्यास पनि गराइएको छ ।

अनिवार्य नेपाली पाठहरू

  • पाठ १ – वीर पुर्खा
  • पाठ २ – गाउँको माया
  • पाठ ३ – संस्कृतिको नयाँ यात्रा
  • पाठ ४ – योगमाया
  • पाठ ५ – साथीलाई चिठी
  • पाठ ६ – त्यो फेरि फर्कला ?
  • पाठ ७ – पर्यापर्यटनका सम्भावना र आयाम
  • पाठ ८ – लौ आयो ताजा खबर
  • पाठ ९ – सफलताको कथा
  • पाठ १० – कृषिशालामा एक दिन
  • पाठ ११ – रारा भ्रमण
  • पाठ १२ – जलस्रोत र ऊर्जा
  • पाठ १३ – आन्तरिक मूल्याङ्कन

परीक्षाका दृष्टिले महत्त्वपूर्ण पाठ : 

  • नेपाली वर्णको परिचय र प्रकार
  • शब्दस्रोत
  • शब्दकोशको प्रयोग
  • पदवर्ग (नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात) पहिचान
  • शब्दनिर्माण (उपसर्ग, प्रत्यय, समास, द्वित्व, सन्धि)
  • उक्ति / कथन परिवर्तन
  • करण र अकरण तथा उद्देश्य र विधेय
  • बुँदाटिपोट र सारांशलेखन
  • व्यावहारिक लेखन (चिठी, निवेदन, निमन्त्रणा पत्र, समवेदना एवम् श्रद्धाञ्जली, विज्ञापन, सूचना)
  • प्रतिवेदन र टिप्पणीलेखन
  • विवेचनात्मक उत्तरलेखन
  • निबन्धलेखन

Get your mySecondTeacher app and begin your journey to excellence!

Download the mySecondTeacher app today.